पूर्वक्रिकेटर आकिब जावेद पाकिस्तानी क्रिकेट टोलीको एकदिवसीय र टी-२० को अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सोमबार दिएको जानकारीअनुसार जावेदले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ सम्म अन्तरिम मुख्य प्रशिक्षकका रूपमा काम गर्ने छन्।
यस कार्यकालमा आकिब पुरुष राष्ट्रिय छनोट समितिको वरिष्ठ सदस्यको रूपमा रहनेछन्।
यसैबीच पीसीबीले स्थायी मुख्य प्रशिक्षकका लागि भर्ती प्रक्रिया सुरु गर्नेछ र फेब्रुअरी १९ देखि मार्च ९ सम्म हुने आईसीसी च्याम्पियन्स ट्रफीको अन्त्यसम्म नियुक्ति पूरा गर्ने प्रयास गर्नेछ।
दक्षिण अफ्रिकाका ग्यारी कर्स्टनले राजिनामा दिएपछि एकदिवसीय र टी-२० टोलीको मुख्य प्रशिक्षकको पद रिक्त थियो। जेसन गिलेस्पी पाकिस्तानको टेस्ट टिमका मुख्य प्रशिक्षक हुन्।
105
Shares

प्रतिक्रिया