खेल


तिलक बर्मा बने टी-२० मा शतक प्रहार गर्ने भारतको दोस्रो सबैभन्दा कम उमेरका ब्याट्सम्यान

तिलक बर्मा बने टी-२० मा शतक प्रहार गर्ने भारतको दोस्रो सबैभन्दा कम उमेरका ब्याट्सम्यान

तिलक बर्मा


नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १०:३६, काठमाडौँ

तिलक बर्मा अन्तर्राष्ट्रिय टी-२० खेलमा शतक प्रहार गर्ने दोस्रो सबैभन्दा कम उमेरका भारतीय ब्याट्सम्यान बनेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार तिलक बर्माले २२ वर्ष ५ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका हुन्।

बर्माले बुधबार दक्षिण अफ्रिकाविरुद्ध ५६ बलमा १०७ रनको उत्कृष्ट इनिङ खेले। अनि आफ्नो पारीमा आठ चौका र सात छक्का प्रहार गरे।

तेस्रो टी-२० खेलमा भारतले दक्षिण अफ्रिकालाई ११ रनले हराएको छ। योसँगै भारतले चार खेलको टी-२० सिरिजमा २–१ को अग्रता बनाएको छ।

भारतका लागि टी-२० मा शतक बनाउने सबैभन्दा कान्छो ब्याट्सम्यान

१. यशस्वी जैसवाल- २१ वर्ष २७९ दिन

२. तिलक बर्मा- २२ वर्ष ५ दिन

३. शुभमन गिल- २३ वर्ष १४६ दिन

४. सुरेश रैना- २३ वर्ष १५६ दिन

५. अभिषेक शर्मा- २३ वर्ष ३०७ दिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad