नेपाल पहिलोपटक यू-१९ महिला टी-२० विश्वकपमा पुगेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले महिला क्रिकेट टोलीलाई बधाई दिएका छन्।
दुबईस्थित दी सेभेन्स स्टेडियममा बुधबार भएको एसिया क्षेत्र छनोटको अन्तिम खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालको महिला क्रिकेट टोली पहिलोपटक विश्वकपमा पुग्न सफल भएको हो।
यसका लागि प्रधानमन्त्री ओलीले महिला क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई दिएका हुन्।
‘बधाई नेपाली!! नेपाल पहिलोपटक यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महिला क्रिकेटमा नेपालले पहिलोपटक विश्वकपमा खेल्ने छ। बधाई टिम नेपाल!’
135
Shares

प्रतिक्रिया