खेल


कप्तान पूजाको उत्कृष्ट प्रदर्शनमा कुवेतविरुद्ध नेपालको सानदार जित

कप्तान पूजाको उत्कृष्ट प्रदर्शनमा कुवेतविरुद्ध नेपालको सानदार जित

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १४:५६, काठमाडौँ

कप्तान पूजा महतोको विस्फोटक ब्याटिङ र घातक बलिङमा नेपालले  यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतमाथि लगातार दोस्रो सानदार जित निकालेको छ। 

मंगलबार भएको खेलमा नेपालले कुबेतलाई १ सय ६५ रनको फराकिलो जित दर्ता गरेको हो।

नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रन बनाउँदा अलआउट भयो। 

कुवेतलाई सस्तैमा समेट्न नेपालकी कप्तान पुजा महतो एक्लैले पाँच विकेट लिइन्। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ८ रन दिइन्। 
रचना चौधरी र सिमा केसीले समान २ विकेट लिए। 

कुवेतका लागि जिफा जिलानीले बनाएको ३८ रन नै सर्वाधिक रह्यो। अन्य ८ ब्याटर शुन्य रनमा पेभेलियन फर्के। 

त्यसअघि अजमानस्थित दि सेभेन स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १३ रनको योगफल तयार पारेको थियो। 

नेपालकी कप्तान पूजा महतो सर्वाधिक १३० रनमा अविजित रहिन्। उनले ६९ बलमा १७ चौका प्रहार गरिन्। सोनी पाख्रिन ४३ रनमा नटआउट रहिन्। 

सावित्री धामीले ११ रन बनाइन्। 

नेपालले कुवेतविरुद्वको पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको थियो। 

समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार यूएईसँग खेल्ने छ।

पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको नेपालले दोस्रो खेलमा भने १ सय ६ रनको जित निकालेको थियो। 

तेस्रो खेलमा भने नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो। 

चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन्।

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रअरी २ सम्म मलेसियामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad