खेल


बिनाअध्ययन सिस्नेरीमा एन्फा एकेडेमी खोलियो : पूर्वकप्तान सिंह

बिनाअध्ययन सिस्नेरीमा एन्फा एकेडेमी खोलियो : पूर्वकप्तान सिंह

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १९:२, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले अध्ययनबिना नै मकवानपुरको इन्द्रसरोवर–३ स्थित वत्सलादेवी माध्यमिक विद्यालयमा एन्फा एकेडेमी स्थापना गरिएको टिप्पणी गरेका छन्।

सिस्नेरीमा गएको असोजमा पहिरोमा परी निधन भएका एन्फा एकेडेमीका ६ जना छात्रलाई श्रद्धाञ्जली दिन आयोजना गरिएको श्रद्धाञ्जली सभामा फुटबलर सिंहले यस्तो टिप्पणी गरेका हुन्।

सिंहले एकेडेमी खोल्न ठाउँ उपयुक्त छ कि छैन भन्ने अध्ययन गर्नुपर्ने भए पनि त्यो काम एन्फाले नगरेको आरोपसमेत लगाए। नेपाली फुटबल अहिले राम्रो स्थितिमा नरहेकोप्रति उनले चिन्ता पनि व्यक्त गरे।

होस्टेलमा बसेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका अनुपम घलान, बारा, निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य, सर्लाहीका आदित्य बलमपाकी र साइमन योञ्जनको पहिरोमा परी मृत्यु भएको थियो।

एन्फाका पदाधिकारी, पूर्वफुटबलर र विद्यार्थीले दिवंगतहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

एन्फाले १४ वर्षमुनिका ४० विद्यार्थीलाई गत वर्षदेखि वत्सलादेवी माविसँगको सहकार्यमा एकेडेमी सञ्चालन गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad