खेल


लुम्बिनी लायन्ससँग जोडिए अभिनेता राजेश हमाल

लुम्बिनी लायन्ससँग जोडिए अभिनेता राजेश हमाल

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १९:७, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ।

नक्शालमा सोमबार पत्रकार सम्मेलन गर्दै लुम्बिनीले नेपालको कलाकारिता क्षेत्रमा लामो योगदान पुर्याएका राजेश हमाललाई पहिलो संस्करणका लागि ब्रान्ड एम्बेसडर घोषणा गरेको हो।

सोही कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र अभिनेता राजेश हमालले सहकार्यका लागि सम्झौता गरे। लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल र कन्स्ट्यान्ट प्रशिक्षकमा शक्ति गौचन छन्। यी दुवै लुम्बिनी प्रदेशका स्थानीय हुन्।

सो अवसरमा अभिनेता हमालले लुम्बिनी लायन्ससँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै एनपीएल दिगो रूपमा अगाडि बढ्ने आशा व्यक्त गरे।

उनले लुम्बिनीसँग ब्रान्ड एम्बेसडर हुनु टोलीसँग भावनात्मक सम्बन्ध गाँसिनु रहेको बताए। आफूले क्रिकेट कल्चर बोकेको कलेजमा शिक्षा लिएको स्मरण गर्दै नेपालले अन्तर्राष्ट्रियस्तरमा सफलता प्राप्त गरेपछि आफूमा पनि क्रिकेटप्रति रुची बढेको अभिनेता हमालले बताए।

लुम्बिनी लायन्सका मार्की रोहितले आफ्नो टोलीमा चलचित्र क्षेत्रका महानायक जोडिँदा उत्साहित भएको बताउँदै लुम्बिनीका व्यवस्थापन टोलीले आफूहरूले माग गरेअनुरूप दिएकाले अब खेलाडीले पनि सोहीअनुरूप मेहनत गर्नुपर्ने बताए।

लुम्बिनीका अध्यक्ष जिसीले चलचित्रजगतको ‘लायन’ लाई लुम्बिनी लायन्समा भित्र्याउन पाउँदा निकै उत्साहित रहेको उल्लेख गर्दै आफैँ पनि लुम्बिनीमै जन्मिएको र त्यसै स्थानका क्रिकेटरका साथै कन्स्ल्ट्यान्ट प्रशिक्षक टोलीमा आवद्ध हुँदा भावनात्मक रूपमा पनि जोडेको बताए। नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुससम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad