चार खेलको टी-२० सिरिजको दोस्रो खेलमा आइतबार दक्षिण अफ्रिकाले भारतलाई हराएको छ।
पहिले ब्याटिङ गर्दा भारतले ६ विकेटमा १२४ रन मात्र बनाउन सक्यो।
जवाफमा दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
भारतका लागि वरुण चक्रवर्तीले ५ विकेट लिए।
खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। दक्षिण अफ्रिकाले राम्रो सुरुवात गर्दै सुरुका तीन ब्याट्सम्यानलाई आउट गरेको थियो।
पछिल्लो खेलमा शतक प्रहार गरेका ब्याट्सम्यान सञ्जु सामसन यस खेलमा शून्य रनमा आउट भएपछि अभिषेक शर्मा चार रन बनाएर प्याभिलियन फर्किए भने भारतीय कप्तान सूर्यकुमार यादव पनि चार रन बनाएर प्याभिलियन फर्किएका थिए।
अन्य ब्याट्सम्यानले इनिङ्स सम्हाल्ने प्रयास गरे। जसमध्ये अक्षर पटेलले २१ बलमा २७ रन र तिलक बर्माले २० बलमा २० रन बनाए। हार्दिक पाण्ड्याले सर्वाधिक ३९ रन बनाए।
यो सिरिजको पहिलो खेल भारतले जितेको थियो।
Shares

प्रतिक्रिया