रसुवाको लाङटाङ लिरुङ हिमाल आरोहण गरेर फर्किने क्रममा स्लोभाकियन नागरिकको मृत्यु भएको छ।
करिव तीन हप्ताअघि रसुवाको स्याफ्रुबेसी हुँदै लाङटाङ लिरुङ हिमाल आरोहण गर्न गएका स्लोभाकीयाका ३४ वर्षीय वनड्रेज अजेर्काको मृत्यु भएको हो।
उनी गोसाइकुण्ड गाउँपालिका ४ स्थित लाङटाङ लिरुङ हिमालको खोँचमा बसेको जानकारी उनीसँगै आरोहणमा गएका चेक रिपब्लिकन नागरिकले जानकारी गराएका थिए।
तर मौसम खराबीका कारण खोजीका लागि गएको हेलिकप्टर पनि फर्किएको रसुवा प्रहरीले जानकारी दिएको छ।
तर बिहीबार अल्टिच्युट एयरको हेलिकप्टरमार्फत खोजतलास गरी शव काठमाडौं ल्याइएको हो।
उनको शव त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।
39
Shares

प्रतिक्रिया