अमाद डियालोको दुई गोलमा म्यानचेस्टर युनाइटेडले यूईएफए युरोपा लिगमा पहिलो जित दर्ता गरेको छ।
गएराति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पाओकमाथि २–० को जित दर्ता गरेको हो।
युनाइटेडका लागि दुवै गोल डियालोले गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ५० औँ मिनेटमा ब्रुनो फर्नान्डोजको पासमा डियालोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए।
उनले नै खेलको ७७ औँ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।
योसँगै युनाइटेडले युरोपमा लिगमा पहिलो जितको स्वाद लिन पाएको हो। अघिल्ला तिन खेलमा बराबरी गरेको युनाइटेडले चौथो चरणमा आएर जितको खाता लागेको हो।
गएराति नै भएको खेलमा रेन्जर्सले ओलम्पियाकोससँग अंक खोस्न सफल भएको छ।
150
Shares

प्रतिक्रिया