भिक्टर ओसिमहेनको दुई गोल सहयोगमा गालातासारेले टोटनहमलाई युरोपा लिगमा हराएको छ।
गएराति भएको खेलमा गालातासारेले ३–२ ले जित्दा टोटनहमले युरोपा लिगमा पहिलो हार बेहोरेको हो।
खेलको ६०औँ मिनेटमा युवा फरवार्ड विल ल्याङबसियर दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि टोटनहम १० खेलाडीमा सीमित भएको थियो।
त्यसअघि खेलको १८औँ मिनेटमा उनकै गोलमा टोटनहमले बराबरी गरेको थियो।
पहिलो हाफको छैटौँ मिनेटमै युनुस अकगुनको गोलमा गालातासारेले खेलमा सुरुवाती अग्रता बनाएको थियो।
खेलको ३१ र ३९ औँ मिनेटमा ओसिमहेनले दुई गोल गर्दै गालातासारेलाई पहिलो हाफमै फराकिलो अग्रता दिलाए।
खेलको ६९औँ मिनेटमा सोलाङकेको गोल गरे पनि टोटनहमको हार टार्न सकेनन्।
15
Shares

प्रतिक्रिया