नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा ‘टिसाइगु ट्रेल रेस’ प्रतियोगिताको उपाधि जितेकी छन् ।
शनिबार भएको एसियाकै प्रतिष्ठित र ठूलो टिसाइगु ट्रेल रेसको उपाधि सुनमायाले जितेकी हुन्। उनले १०५ किलोमिटर दूरी ९ घण्टा ३२ मिनेट ४७ सेकेण्डमा पूरा गरेकी छन्। यो प्रतियोगितामा चिनियाँ धावक दोस्रो र तेस्रो भएका छन्।
दुई सातामा सुनमायाले चीनमा जितेको यो दोस्रो रेस हो। यसअघि उनले कात्तिक पहिलो साता भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समयसहित जितेकी थिइन्।
यस्तै सुनमाले चीनमा जितेको यो तेस्रो उपाधिसमेत हो। उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन्।
पछिल्लो समयमा सुनमायाले लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा भाग लिइरहेकी छन्। चीनबाहेक उनले युरोपका विभिन्न राष्ट्रमा गएर पनि ट्रेल रेसमा दौडिएकी छन्। अधिकांक रेसमा सुनमायाले शीर्ष तीनमा आउन सफल भएकी छन्।
कर्णाली प्रदेशको जुम्ला पातरासी गाउँपालिका २ पेरे गाउँकी सुनमायाले अहिले आफ्नो क्षेत्र मात्र नभई देशलाई नै विश्वमाझ चिनाइरहेकी छन्।
Shares

प्रतिक्रिया