खेल


विश्वकप लिग-२ क्रिकेटः अमेरिकासँग फेरि हार्‍यो नेपाल

विश्वकप लिग-२ क्रिकेटः अमेरिकासँग फेरि हार्‍यो नेपाल

रासस
कात्तिक १८, २०८१ आइतबार ७:४६, काठमाडौँ

आईसीसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग हारेको छ।

अमेरिकाको डालसस्थित ग्रान्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो।

यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले हारेको थियो। 

अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४४ रनमा समेटियो।

नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन्।

नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो। दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए।

कुशल भुर्तेलले २९ रन जोडे। त्यसपछि कुशल मल्लले ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भए। कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ तथा आरिफ शेख २१ रन बनाउँदै आउट भए।

त्यसपछि सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाए। दीपेन्द्रसिंह ऐरीले ३८ बलमा एक चौका र एक छक्कासहित ३१ रन बनाए। करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई रन बनाए।

अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक चार विकेट लिए। नोष्थुश केंजिगे र साड्ली भान शाक्लीले समान दुई/दुई तथा जसदीप सिंह र हरमित सिंहले समान एक/एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८१ रनको योगफल बनाएको थियो।

अमेरिकाका लागि साइतेजा मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए। उनले ८७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएका हुन्। त्यस्तै कप्तान मोनाङ्क पटेलले ८१ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन जोडे। ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए।

हरमित सिंहले ४४ बलमा तीन चौका र तीन छक्कासहित ५९ रनको योगदान गरे।नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिए। त्यस्तै कुशल भुर्तेलले एक विकेट झारे। नेपालल लिग-२ मा ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अंकका साथ अंकका साथ तालिकाको सातौँ स्थानमा छ। 

त्यस्तै अमेरिका १२ खेलमा आठमा जितसहित १६ अंकका साथ शीर्ष स्थानमा छ। क्यानडा १२ खेलमा १६ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ। अब नेपालले भोलि स्कटल्यान्डसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad