खेल


टुँडिखेलमा यस्तो देखियो साफ फाइनल हेर्नेको भिड (तस्बिरहरू)

टुँडिखेलमा यस्तो देखियो साफ फाइनल हेर्नेको भिड (तस्बिरहरू)

सरोज बैजु
कात्तिक १४, २०८१ बुधबार १९:५५, काठमाडौँ

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल जारी छ। खेलको दोस्रो हाफमा दुवै टोलीले एक एक गोल गरेका छन्। 

बुधबार बिहानैदेखि टिकट बाँडेपनि रंगशालाको क्षमताभन्दा धेरै दर्शक भएपछि काठमाडौँ महानगरपालिकाले पनि स्क्रिनिङमार्फत खेलको प्रत्यक्ष प्रशारण देखाएको छ। 

टुँडिखेल, सानो गौचरण र चाबहिल गणेशस्थानमा महानगरले स्क्रिनमार्फत खेल प्रत्यक्ष प्रशारण गराइराखेको छ।

अघिल्ला ११ फाइनलमा उपविजेतामा मात्रै सिमित भएको नेपाली महिला टोली हरेकपटक उपाधिको दाबेदार टोली मानिन्थ्यो।

तर फाइनलमा भने नेपाली टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन। 

तर आज (बुधबार) बंगलादेशविरुद्ध नेपाली टोली मैदान उत्रँदा ती सबै विगतलाई बिर्सेर नयाँ इतिहास लेख्न चाहन्छ।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad