साफ महिला च्याम्पियनसिपको फाइनलमा घरेलु टोलीविरुद्ध बंगलादेशले अग्रता दोब्बर पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको दोस्रो हाफ जारी रहँदा नेपाल बंगलादेशसँग २–१ ले पछि परेको छ।
दोस्रो हाफको ३७ औँ मिनेटमा बंगालदेशकी रितुपुर्णा चक्माको गोलमा बंगालदेशले नेपालविरुद्ध अग्रता दोब्बर पारेको छ।
दोस्रो हाफको २३ औँ मिनेटमा मारिया मान्डाको प्रहार नेपालकी गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले पन्च गर्दै उत्कृष्ट बचाउ गरिन्।
६० औँ मिनेटमा सावित्रा भण्डारीको प्रहार दोस्रो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने सुन्दर मौका गुमायो।
५६ औँ मिनेटमा अमिसा कार्कीको गोलमा नेपाल खेलमा फर्किएको थियो। पुजा रानाको पासमा अमिसाले बंगालदेशका दुई डिफेन्डरलाई बिट गर्दै किपर अघि बढेको मौका गोल गरिन्।
त्यसअघि खेलको ५३ औँ मिनेटमा मोनिका चक्माको गोलमा बंगलादेशले घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो।
Shares

प्रतिक्रिया