साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश १–१ ले बराबरी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको दोस्रो हाफ जारी रहँदा ५६ औँ मिनेटमा नेपाल खेलमा फर्किएको छ।
त्यसअघि खेलको ५३ औँ मिनेटमा मोनिका चक्माको गोलमा बंगलादेशले घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो।
बंगलादेशले सुरुवाती अग्रता बनाएको दुई मिनेटमै नेपालका लागि प्रिति राईले गोल फर्काइन्।
खेलको ५३ औँ मिनेटमा मोनिका चक्माको गोलमा बंगलादेशले अग्रता बनाएको थियो।
खेलको दोस्रो मिनेटमा नै गिता रानाले रिलिज गरेको बल तोहुरा खातुनले सजिलै नियन्त्रणमा लिँदै गरेको प्रहार क्रसबारमा लाग्दै रिबाउण्ड भयो।
रिबाउण्डमा तोहुराको हेडर नेपालकी गोलरक्षकले सजिलै बचाउ गरिन्।
खेलको १० औँ मिनेटमा साम्बाको ब्याक पासमा अमिसा कार्कीको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो।
खेलको ३३ औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माको फ्रिकीक प्रहार क्रसबारको माथिबाट आकाशियो।


Shares

प्रतिक्रिया