खेल


साफको फाइनल हेर्न रंगशाला र एन्फामा टिकट लिनेको ठेलमठेल (तस्बिरहरू)

साफको फाइनल हेर्न रंगशाला र एन्फामा टिकट लिनेको ठेलमठेल (तस्बिरहरू)

सरोज नेपाल/सरोज बैजु
कात्तिक १४, २०८१ बुधबार १०:५३, काठमाडौँ

घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको १२ औँ फाइनल खेल नेपालले बुधबार (आज) साँझ साविक विजेता टोली बंगलादेशसँग भिड्दैछ। 

यसअघि गत आइतबार साँझ भारतविरुद्ध आक्रामक खेल खेलको नेपाली टोली १२ औँ पटकमा घरेलु मैदानबाटै उपाधि उचाल्ने रणनीतिमा छ।

महान चाड तिहार सुरु भइसक्यो। तिहारअघिका लागि आज सरकारी कार्यालय खुल्ने अन्तिम दिन पनि हो। कार्यालय समय सकेर साँझमात्रै सुरु हुने उक्त खेल हेर्न नेपाली दर्शक ओहिरिने निश्चित भइसकेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेलमा बिहानैदेखि टिकट लिने सर्वसाधारणको भिड लागेको छ। 

एन्फाका अनुसार एकजनाले अधिकतम दुईववटा भीआईपी र ५ वटा साधारण टिकट लिनसक्नेछन्। 

नयाँ इतिहास रच्ने राम्रो अवसर कुरिरहेको महिला टोलीका लागि समर्थकको बाक्लो उपस्थितिले खेलाडीको मनोबल बढाउन सहयोग पुग्नेछ। 

यसैबीच, काठमाडौँ महानगरले पनि यो खेलको तीन ठाउँबाट लाइभ गर्ने भएको छ। महानगरपालिकाले दिएको जानकारी अनुसार टुँडिखेल, सानो गौचरण र सिफलमा साफ फाइनल लाइभ हुनेछ। 

खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि टुँडिखेल पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad