अमेरिकामाी जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजको आफ्नो दोस्रो खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दैछन्।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुने खेल राति सवा ९ बजे हुनेछ।
सिरिजको पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको नेपाली टोली स्कटल्यान्डसँग जित निकाल्ने खोजीमा हुनेछ।
उता स्कटल्यान्डले भने सिरिजको आफ्नो पहिलो खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित निकालेको थियो।
विश्वकप लिग–२ मा खराब प्रर्दशन गरिरहेको नेपाली टोलीले लय समात्न सकेको छैन। सिरिजमा लगातार खराब प्रर्दशन गर्दै आइरहेको नेपाल सुखद पूनरागमनको खोजीमा छ।
हेड टु हेड
नेपालसँगको पछिल्लो पाँच भेटमा स्कटल्यान्ड हावी छ। स्कटल्यान्डले तीन खेलमा जित निकाल्दा नेपालले दुई खेल आफ्नो पक्षमा पारेको छ।
लिग २ अन्तर्गतकै त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्यानडलाई हराएको थियो। नेपालको घरेलु मैदानमा भएको दुई भेटमा नै नेपालले खेल जितेको थियो। नेपाल आजको खेलमा पनि सोही नतिजालाई दोहोराउने योजानमा छ।
अंक तालिका
सिरिजमा आठ खेल खेलेको स्कटल्यान्डले पाँच खेलमा जित र २ खेलमा हार भोग्दै ११ अंकमा अंकतालिकाको चौथो स्थानमा छ।
स्कटल्यान्डभन्दा एक खेल बढी खेलेको नेपाल अंक तालिकाको सातौँ स्थानमा छ। लिगमा ९ खेलमा जित र ६ खेलमा हार भोगेको नेपाल ७ अंकमा पुछारबाट दोस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया