खेल


म्यानचेस्टर युनाइटेडबाट टेन ह्याग बर्खास्त, को बन्ला नयाँ प्रशिक्षक?

म्यानचेस्टर युनाइटेडबाट टेन ह्याग बर्खास्त, को बन्ला नयाँ प्रशिक्षक?

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १४:१३, काठमाडौँ

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षकबाट एरिक टेन ह्यागलाई बर्खास्त गरेको छ। 

आइतबार वेस्ट ह्यामसँग २–१ गोल अन्तरले पराजित भएसँगै क्लबले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको थियो। हारसँगै क्लब २० मध्ये १४औँ स्थानमा छ। यो सिजनमा ९ मध्ये केवल तीनवटा मात्र जित निकालेको छ। 

युरोपा लिग टेबलमा पनि युनाइटेड ३६ टोलीमा २१औँ स्थानमा छ। 

प्रशिक्षक बर्खास्त भएसँगै रड भान निस्तेलरोय अन्तरिम प्रशिक्षक नियुक्त भएका छन्। उनी टेन ह्यागका सहयोगी थिए। 

यता क्लबले नयाँ प्रशिक्षकको खोजी सुरु गरिसकेको बेलायती मिडियाले उल्लेख गरेका छन्। 

क्लबले अहिले जोसे माउरिन्होका चेला रुबेन अमोरिमसँग परामर्श गरिरहेको मिडिया रिपोर्टहरु आएका छन्। 

टेन ह्याग २०२२ अप्रिलमा वल्ड ट्राफोर्ड आएका थिए। आफ्नो प्रशिक्षकत्वमा उनले काराबाओ कप २०२३ र एफए कप २०२४ गरी दुई ट्रफी उचाले। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad