खेल


रोहितले पनि पूरा गरे अमेरिकाविरुद्ध अर्धशतक

रोहितले पनि पूरा गरे अमेरिकाविरुद्ध अर्धशतक

फाइल तस्बिर


नेपालखबर
कात्तिक १२, २०८१ सोमबार ०:४०, काठमाडौँ

संयुक्त राज्य अमेरिकाविरुद्ध डालासमा जारी आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतको खेलमा कप्तान रोहित पौडेलले पनि अर्धशतक पूरा गरेका छन्। 

टस हारेर ब्याटिङ गरिरहेको नेपालका तीन खेलाडीले ५० रन पूरा गरेका हुन्। 
आसिफ शेख र अनिल साहपछि पौडेलले अर्धशतक पूरा गरे। उनले ५७ बलमा ५१ रन बनाए। 

यसअघि ओपनरद्वय आसिफ शेख ५२ र अनिल साहले ५६, कुशल भुर्तेल ११, आरिफ शेखले ३७ रन बनाउँदा गुल्सन झा १, दीपेन्द्र सिंह ऐरीले १३ रन र सोमपाल कामीले २ रनको योगदान गरे। 

पौडेललाई अहिले सन्दीप लामिछानेले क्रिजमा साथ दिइरहेका छन्। ४५ ओभरको समाप्तिमा नेपाल ७ विकेट गुमाएर २३५ रनमा खेलिरहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad