नेपालले १६औँ ओभर चलिरहँदा पहिलो विकेट गुमाएको छ।
ओपनर आसिफ शेख १६औँ ओभरको चौथो बलमा ५२ रन बनाएर आउट भएका हुन्।
उनले ५३ बलमा ५२ रनको योगदान गरे। अर्का ओपनर अनिल साह अहिले ४४ रन बनाएर खेलिरहेका छन्।
उनलाई साथ दिन कुशल भुर्तेल आएका छन्।
नेपालले १८औँ ओभर चलिरहँदा १०० रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया