खेल


साफ सेमिफाइनलमा भुटानविरुद्ध बंगलादेशको ६–१ को अग्रता (अपडेट)

साफ सेमिफाइनलमा भुटानविरुद्ध बंगलादेशको ६–१ को अग्रता (अपडेट)

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १४:४९, काठमाडौँ

साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भुटानविरुद्ध बंगलादेशले दोस्रो हाफको खेल जारी रहँदा फराकिलो अग्रता बनाएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको दोस्रो हाफ जारी रहँदा भुटानविरुद्ध बंगलादेशले ६–१ को अग्रता बनाएको हो। 

बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्। सविना खातुनले समान दुई तथा रितु पुर्णा चक्माले एक गोल गरिन्। 

खेलको ५८ औँ मिनेटमा तोहुरा खातुनले ह्याट्रिक पूरा गर्दा टोलीका लागि छैटौँ गोल गरिन्। 

पहिलो हाफको सातौँ मिनेटमा रितु पुर्णा चक्माले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भयो। 

खेलको १५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगलादेशले अग्रता दोब्बर पार्यो। डीबक्स एरिका नजिक उनले भुटानका दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरिन्। 

खेलको २३ औँ मिनेटमा भुटानकी नाम्गेद डेमाको प्रहार बंगालदेशकी गोलरक्षकले पन्च गर्दै जोगाइन्। 

खेलको २६ औँ मिनेटमा सविना खातुनको गोलमा बंगालदेशले ३–० को अग्रता बनायो। डिबक्स भित्रबाट मोनिका चक्माको पासमा सविनाले बललाई पोस्टको जाली चुमाइन्। 

खेलको ३५ औँ मिनेटमा तोहुरा खातुनको गोलमा बंगालदेशले ४–० को अग्रता बनायो। 

खेलको ३७ औँ मिनेटमा कप्तान सविनाको गोलमा बंगलादेशले पहिलो हाफमा नै ५–० को फराकिलो अग्रता बनाएको छ। सविनाले भुटानका दुई डिफेन्डरलाई बिट गर्दै अघि बढाएको बललाई गोलरक्षकलाई समेत छलाउँदै बललाई उत्कृष्ट फिनिसिङ दिइन्।  

खेलको ४१ औँ मिनेटमा डेकी लाजोमको गोलमा भुटानले खेललाई ५–१ को अवस्थामा ल्यायो। छिरिङ लादेनको क्रसमा डेकीले बंगलादेशकी किपर बिट भएको मौका छोप्दै गोल गरेकी थिइन्।

साफ च्याम्पियनसिपमा भुटानले बंगालदेशको पोस्टमा पहिलो पटक गोल गरेको हो। 

साफको अघिल्लो संस्करणको सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८–० को फराकिलो अन्तरले हराएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad