खेल


साफ : माल्दिभ्सको पोस्टमा १३ गोल हान्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान

साफ : माल्दिभ्सको पोस्टमा १३ गोल हान्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
कात्तिक ८, २०८१ बिहिबार १५:३५, काठमाडौँ

साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहिबारको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरले पाखा लगाएको हो। 

जितसँगै भुटान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन्। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ। नेपाललाई समूह विजेता बन्नका लागि श्रीलंकामाथि ६ गोलको फराकिलो अन्तरले हराउनु पर्नेछ। 

नेपाल र श्रीलंकाबीचको खेलपछि च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ। समूह बी को विजेताले समूह ए को उपविजेता भारतसँग खेल्नेछ। समूह उपविजेता टोलीले भने समूह ए को विजेता टोली बंगलादेशसँग सेमिफाइनलमा खेल्नेछ। 

भुटानका लागि डेकी लाजोमले डबल ह्याट्रिक गरिन्। खेलको ४७ औँ मिनेटमा डेकी लाजोमले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। लगत्तै डेकी यङदोनले गोल गर्दै भुटानलाई ८–० को अवस्थामा ल्याइन्। 

खेलको ५२ औँ मिनेटमा डेकी लाजोमले व्यक्तीगत चार गोल गरिन्। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरे लगत्तै छिरिङ याङदेनले खेलको ६५ औँ मिनेटमा गोल गर्दै भुटानलाई १०–० को अग्रता दिलाइन्।

६८ औँ मिनेटमा छिरिङ लादेनको गोलमा भुटान ११–० को अवस्थामा आयो। ७० औँ मिनेटमा डेकी लाजोमले डबल ह्याट्रिक पूरा गरिन्। 

खेलको ८० औँ मिनेटमा छिरिङ याङ्देनको गोलमा भुटान १२–० को फराकिलो अग्रता बनायो। 

त्यसअघि तेस्रो मिनेटमा सोनाम छोदेनको पेनाल्टी प्रहार माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले जोगाईन्। पाचौँ मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाईन्। 

खेलको आठौँ मिनेटमा पेमा छोडेन छिरिङले तिन डिफेन्डरलाई बिट गर्दै बललाई पोस्टको जाली चुमाइन्। 

खेलको १५ औँ मिनेटमा माल्दिभ्सका डिफेन्डरबीच तालमेल नमिल्दा डेकी लाजोमले गोल गर्दै भुटानलाई ३–० को अवस्थामा ल्याइन्। १८ औँ मिनेटमा कप्तान पेमा छोडेनले गोल गर्दै भुटानलाई ४–० को अग्रता दिलाइन्। 

१९ औँ मिनेटमा डेकी लाजोमले गोल गरिन्। ४१ औँ मिनेटमा नाम्गेल डेमाले गोल गर्दै भुटानलाई ६–० को अवस्थामा ल्याएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad