नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले नन्दन फाडनिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। आगाामी मंसिर १६ गतेदेखि १० टोलीको सहभागितामा एनपीएल आयोजना हुँदैछ।
त्यसअघि गोवा क्रिकेट संघमा खेलाडीहरूलाई प्रशिक्षण गरेका फाडनिसलाई लुम्बिनीले मुख्य प्रशिक्षक नियुक्त गरेको हो। उनले यसअघि नेपालको राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रशिक्षण गरिसकेकाका छन्।
फडनिसले आफू मुख्य प्रशिक्षकको रुपमा लुम्बिनी लायन्समा समावेश हुन पाउँदा खुसी भएको बताएका छन्।
‘लुम्बिनी लायन्स क्लबमा हेड कोचको रुपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु। रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु,’ उनले भनेका छन्।
क्लबका सञ्चालक ईश्वर जिसीले फडनिसलाई मुख्य प्रशिक्षक बनाउन पाउँदा उत्साहित भएको भन्दै विजय हुन राम्रो मार्गदर्शन प्राप्त हुने विश्वास लिएका छन्।
Shares

प्रतिक्रिया