कारोबार


फोनप्वाइन्ट्ससँग इसेवाले सहकार्य गर्ने, लोयल्टी प्वाइन्ट्सलाई एकीकृत गर्ने विकल्प

फोनप्वाइन्ट्ससँग इसेवाले सहकार्य गर्ने, लोयल्टी प्वाइन्ट्सलाई एकीकृत गर्ने विकल्प

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १४:३५, काठमाडौँ

नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फोनप्वाइन्ट्ससँग सहकार्य गर्ने भएको छ।

प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभूति प्रदान गर्ने हेतुले नियमित प्रयोगकर्ताहरूलाई दिइने लोयल्टी प्वाइन्ट्सलाई एकीकृत गर्ने विकल्प दिइएको हो।

एकीकृत गरिएका लोयल्टी प्वाइन्ट्स प्रयोग गरी विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको इसेवाले जनाएको छ।

फोनप्वाइन्ट्सको सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लोयल्टी अभियानहरूप्रति अझ बढी आकर्षित गर्न खोजेको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराई थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राख्दछ।

फोनप्वाइन्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर पौडेलले यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको बताए। 

‘यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ। यो प्रक्रिया सिधै फोनप्वाइन्ट्स एपबाट पनि गर्न मिल्ने भएका कारण प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरीकनै छिटो सेवा प्राप्त गर्न सक्नेछ’, उनले भने, ‘यसले प्लेटफर्ममा प्रयोगकर्ताहरूको रुचि बढाउनुको साथै फोनप्वाइन्ट्सको विस्तार गर्न सहयोग पुग्ने आशा छ।’

प्रयोगकर्ताहरूले फोनप्वाइन्ट्स वा पार्टनर एपमार्फत आफुले कमाएको फोन प्वाइन्टस्को विवरण हेर्न, विभिन्न अफर अवलोकन गर्दै यसको प्रयोग गरी आफूले चाहेको अफरहरु प्राप्त गर्न सक्नेछन्। जसले प्रयोगकर्ताको अनुभवलाई सरल बनाउनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad