खेल


जिम्बाब्वेले तोड्यो टी-२० क्रिकेटमा सर्वाधिक रन बनाएको नेपालको विश्व कीर्तिमान

जिम्बाब्वेले तोड्यो टी-२० क्रिकेटमा सर्वाधिक रन बनाएको नेपालको विश्व कीर्तिमान

फाइल तस्बिर : जिम्बाब्वेका कप्तान सिकन्दर रजा


नेपालखबर
कात्तिक ७, २०८१ बुधबार २२:०, काठमाडौँ

जिम्बाब्वेले गाम्बियाविरुद्धको टी–२० खेलमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान बनाएको छ।

बुधबार भएको यस खेलमा जिम्बाब्वेले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ३ सय ४४ रनको विशाल स्कोर बनाएको हो।

योसँगै जिम्बाब्वेले टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान बनाएको हो। 

यसअघि यो कीर्तिमान नेपालको नाममा थियो। गत वर्ष नेपालले मंगोलियाविरुद्ध ३ विकेट गुमाएर ३१४ रन बनाएको थियो।

टी-२० क्रिकेटमा कुनै टोलीले ३०० भन्दा बढी रन बनाएको यो दोस्रोपटक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad