खेल


इंग्ल्यान्डका क्रिकेटर टम मोरिसले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

इंग्ल्यान्डका क्रिकेटर टम मोरिसले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १५:३१, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले पहिलो विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका क्रिकेटर टम मोरिसलाई सार्वजनिक गरेको छ।

लुम्बिनीले बुधबार विकेटकिपर तथा बायाँ हाते ब्याटर मोरिसलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो।

२८ वर्षीय मोरिसले सन् २०१६ देखि टी–२० क्रिकेट खेल्दै आएका छन्। टी२० मा उनले १ सय ३३ खेल खेलेका छन्। करियरमा २ शतक र ८ अर्धशतक प्रहार गरेका छन्।

उनको आगमनले टिम अझ मजबुत भएर हामीलाई आफ्नो लक्ष्यमा पुग्न सहज हुने लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट कोच शक्ति गौचनले बताए। 

क्लबका मालिक ईश्वर जिसीले भने, ‘हाम्रो क्लबमा आवश्यक अन्तर्राष्ट्रिय प्रतिभाहरु घोषणा गर्दै जानेछौँ। राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिभाहरुलाई क्लबमा सामेल गराएर हामी उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई शिखरमा पुर्याउनेछौँ।’ 

लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल छन्। 

यस्तै नेदरल्यान्ड्सका क्रिकेटर माइकल लेभिटले काठमाडौं गुर्खाजबाट एनपीएल खेल्नेछन्। काठमाडौंले पहिलो विदेशी खेलाडीको रुपमा लेभिटलाई टोलीमा अनुबन्ध गरेको हो। 

२१ वर्षीय लेभिटले नेदरल्यान्ड्सका लागि ८ ओडीआई तथा १७ टी२० आई खेलेका छन्। टोलीको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी छन्। 
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएल मंसिर १६ देखि पुस ६ गतेसम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad