खेल


युवा तथा खेलकुद क्षेत्रको विकासका लागि ५ नीतिगत सुधारका प्रयास प्रारम्भ

युवा तथा खेलकुद क्षेत्रको विकासका लागि ५ नीतिगत सुधारका प्रयास प्रारम्भ

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०८१ बुधबार ९:३८, काठमाडौँ

युवा तथा खेलकुद क्षेत्रको विकासका लागि पाँचवटा नीतिगत तथा कानुनी सुधारका प्रयास प्रारम्भ भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय  युवा नीति, २०८१ को मस्यौदा तयार गरी त्यसमा रायसँगै प्रस्तावित कार्यक्रममा सहमति दिन अर्थ मन्त्रालयसमक्ष अनुरोध गरेको छ।

वर्तमान सरकारका सय दिनका उपलब्धिमा मन्त्रालयले राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा पठाएको विषय समावेश गरेको छ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को संशोधन मस्यौदा तयार भए तापनि त्यस सम्बन्धमा  कानुन, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयको सहमति लिन भने बाँकी रहेको जनाइएको छ। 

यस अवधिमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका तथा खर्चको आधार, २०८१ को मस्यौदामा मन्त्रालयका तर्फबाट पुनरवलोकन गरी अन्य प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद् पठाइएको मन्त्रालयले जनाएको  छ।

काठमाडौँमा निर्माण हुने मूलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन तयारीलाई पनि खेलकुद मन्त्रालयले प्रगति विवरणमा समावेश गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad