साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध खेलमा नेपालकी खेलाडी रेखा पौडेलले ह्याट्रिक गरेकी छिन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा रेखा एक्लैले तीन गोल गरेकी हुन्। दोस्रो हाफको तेस्रो मिनेटमै उनले ह्याट्रिक पूरा गरेकी हुन्।
खेलको ३२ औँ मिनेटमा रश्मी कुमारी घिसिङको क्रसमा पौडेलले पहिलो गोल गरेकी थिइन्।
त्यसपछि खेलको ४२ औँ मिनेटमा पौडेलले व्यक्तिगत गोल गरिन्। त्यस्तै, खेलको ४८ औँ मिनेटमा तेस्रो गोल गरिन्।
714
Shares

प्रतिक्रिया