पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिदै गएको बताएका छन्।
सोमबार ‘रुल अफ ल एण्ड हुमन राइट्स’ विषयक कार्यक्रममा बोल्दै पूर्वप्रधान न्यायाधीश श्रेष्ठले नेपालमा नागरिक समाजको ठाउँ साँघुरिदै गएको बताएका हुन्।
उनले जनताहरू संगठित हुन पाउने उनीहरूको अधिकार भएको भन्दै नागरिक समाजलाई संयुक्त राष्ट्रसंघले समेत स्थान दिएको बताए।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नागरिक समाजका ठाउँहरूलाई साँघुरो पार्न नहुने बताए।
नागरिक समाजको ठाउँ साँघुरिनु प्रजातन्त्रको लागि राम्रो सूचक नभएको उनले बताए।
उनले भने, ‘नागरिक समाजको स्पेस हामीकहाँ साँघुरिदै गएको छ। नागरिक समाज साँघुरिनुको मतलव हुन्छ निरंकुश झाँगिदैछ। संसारमा निरंकुश बढ्दै जाँदा यसको स्पेस साँघुरिदै गएको प्रवृत्ति बुझ्न सकिन्छ। मलाई लाग्दैन यो प्रजातन्त्रको लागि राम्रो सूचक हो। नियमन गर्न पाइन्छ नियन्त्रण गर्न पाइँदैन।’
उनले राष्ट्रवाद र पपुलिज्म बढेसँगै प्रजातन्त्र र मानव अधिकारको एजेण्डा ओझेल पर्ने अवस्था रहेको बताए।
Shares

प्रतिक्रिया