ह्यान्सी फ्लिकको नेतृत्वमा प्रभावशाली प्रदर्शन गर्दै आएको बार्सिलोनाले सेभियालाई पनि फराकिलो अन्तरमा पराजित गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई ५–१ को गोल अन्तरले गर्यो।
बार्सिलोनाले आफ्नो लयलाई कायम राख्दा पाहुना टोली सेभिया निरिह बन्यो। पहिलो हाफमा ३–० को अग्रता लिएको बार्सिलोनाले बाँकी दुई गोल दोस्रो हाफमा थप्यो। बार्सिलोनाको जितमा पोलिस फरवार्ड रोवेर्ट लेवान्डोस्की र पाब्लो टोरेले २÷२ गोल गरे। एक गोल स्पेनिस मिडफिल्डर पेड्रीले थपे।
२४ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका लेवान्डोस्कीले ३९ औं मिनेटमा अर्को गोल थपे। त्यसअघि २८ औं मिनेटमा पेड्रीले बार्सिलोनालाई २–० को अग्रता दिलाएका थिए।
७६ औँ मिनेटमा लामिन यामलको स्थानमा मैदान प्रवेश गरेका २१ वर्षीय मिडफिल्डरले ६ मिनेटको अन्तरमा २ गोल गरेका थिए। २ औँ मिनेटमा पहिलो गोल गरेका उनले ८ औँ मिनेटमा दोस्रो गोल गर्दै ५–१ को जित सुनिश्चित गरे।
सेभियाका लागि स्टेनिस इडुम्बोले ८७ औँ मिनेटमा सान्त्वना गोल फर्काए। जारी सिजन बार्सिलोनाले १० खेलमा ९ मा जित हात पार्दै शीर्षस्थानमा छ। दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट २४ अंक छ।
बार्सिलोनाका लागि लेवान्डोस्कीले १० खेलमा १२ गोल गरेका छन्। १० खेलमा ३३ गोल गरेको बार्सिलोनाले १० गोल खाएको छ। यता सेभियाको भने खराव सिजन बितिरहेको छ। १३ औँ स्थानमा रहेको सेभियाको मात्रै १२ अंक छ।
Shares

प्रतिक्रिया