राजनीति


एमाले महासचिवको सुझाव- एमालेको होइन, आफ्नै पार्टीको चिन्ता गर्नुहोस्

एमाले महासचिवको सुझाव- एमालेको होइन, आफ्नै पार्टीको चिन्ता गर्नुहोस्

नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ११:७, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न आग्रह गरेका छन्। 

पार्टीमाथि विभिन्न टिकाटिप्पणी भइरहेको बेला सोमबार महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत फरक पार्टीका नेता र कार्यकर्ताहरूले एमालेका भविष्यका बारेमा चिन्ता गरेको भन्दै अनेकन सुझावसहित एमालेले गरेका निर्णयहरूको आलोचना नगर्न भनेका छन्। 

‘राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि,’ महासचिव पोखरेलले भनेका छन्, ‘नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा (एमाले)जनलाई नै छोडिदिन आग्रह गर्दै जनता के चाहन्छन्? र राष्ट्रको आवश्यकता के हो? भन्ने विषय नेकपा (एमाले)लाई राम्ररी थाह छ।’

एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत रहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमाले बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको उल्लेख गरेका छन्।

‘कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो। त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ,’ उनले भनेका छन्।

भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दान गरेको भनिएको जग्गामा एमालेले पार्टी कार्यालय बनाउने भएपछि पार्टीभित्र र बाहिरबाट चौतर्फी आलोचना भइरहेको छ। 

पार्टी कार्यालय बनाउने निर्णय आइतबार साँझ बसेको सचिवालय बैठकले अनुमोदन समेत गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad