खेल


सोमपाल कामीको घातक बलिङमा नेपाललाई अमेरिकाबाट १५७ रनको लक्ष्य

सोमपाल कामीको घातक बलिङमा नेपाललाई अमेरिकाबाट १५७ रनको लक्ष्य

जारी अन्तिम खेलको एक दृश्य


नेपालखबर
कात्तिक ५, २०८१ सोमबार ७:२७, काठमाडौँ

सोमपाल कामीको घातक बलिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन खेलको टी-२० आई सिरिजको अन्तिम खेलमा घरेलु टोली अमेरिकाबाट जितका लागि १ सय ५७ रनको लक्ष्य पाएको छ।

सोमबार बिहान अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५६ रनको योगफल तयार पारेको हो। 

चौथो विकेटका लागि साइतेजा मुक्मल्ला र मिलिन्ड कुमारले ७६ रनको साझेदारी गरेपछि अमेरिकाले नेपाललाई बलियो लक्ष्य दिएको हो। 

साइतेजा ६८ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड आउट भए। उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

जारी खेलमा सोमपाल कामी

मिलिन्ड कुमार ४३ र हरमित सिंक १० रनमा अविजित रहे।

सयान जहन्जीर ९ रनमा क्याच आउट भए। 

ओपनर तथा कप्तान मोनान्क पटेल २ रनमा सोमपाल कामीको बलमा एलबीडब्लु धरापमा परे।

आरोन जोन्स १३ रन बनाउँदा ललित राजवंशीको बलमा रिजन ढकालको हातबाट क्याच आउट भए। आन्द्रे २ रनमा क्याच आउट भए। 

अमेरिकाविरुद्ध जारी खेलमा नेपाली क्रिकेट टोली।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। रिजन ढकाल र ललिच राजवंशीले समान एक विकेट लिए। 

यसअघि लगातार दुई खेलमा विजयी हुँदै एक खेलअगावै सिरिज जितिसकेको नेपाली टोली क्लिन स्विप गर्ने योजनामा छ।

नेपालले पहिलो खेलमा १७ र दोस्रो खेलमा सुपर ओभरमा अमेरिकालाई हराएको थियो। 

अमेरिका भने अन्तिम खेलमा सान्तवना जित हासिल गर्न चाहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad