खेल


सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले एक खेलअगावै जित्यो सिरिज

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले एक खेलअगावै जित्यो सिरिज

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार ९:५२, काठमाडौँ

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले तीन खेलको टी-२० आई सिरिज एक खेलअगावै जितेको छ। 

आइतबार बिहान भएको खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा सोमपाल कामीले २ रन दिँदा लगातार दुई विकेट लिए।

सुपर ओभरमा कप्तान रोहित पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए।

नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो। सिरिजको अन्तिम खेल सोमबार बिहान हुनेछ। 

पाहुना टोलीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ रन मात्र बनाउन सक्यो। 

दोस्रो विकेटका लागि साइतेजा मुखमल्ला र आन्द्रेसले ९२ रनको साझेदारी गरेपछि अमेरिका बलियो स्थितिमा पुगेको थियो।

तर १२ औँ ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीले साइतेजालाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्त्वपूर्ण सफलता दिलाएका थिए। साइतेजाले ४१ बलमा २ चौका र ३ छक्का सहयोगमा ४७ रन बनाएका थिए।

आन्द्रेस ६२ रनमा पेभेलियन फर्के। उनले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दा सोमपाल कामीको बलमा कुशल भुर्तेलको हातबाट आउट हुन पुगे।  

मिलिन्द कुमार १५ र सयान जहानजीरले १४ रन थपे। 

नेपालका लागि करण केसीले तीन विकेट लिए। सोमपाल कामी, सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।

त्यसअघि अमेरिकाको डालासस्थित ग्राउन्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशलले ५४ बलमा ७ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ९२ रनको अविजित पारी खेले। 

३१ बलमा २ चौका र १ छक्का प्रहार गरेका ओपनर अनिल शाह २५ रनमा पेभेलियन फर्के। 

अर्का ओपनर आशिफ शेख तेस्रो ओभरको चौथो बलमा ४ बलमा १ रन बनाउँदा सौरभ नेत्रवल्करको बलमा एलबीडब्धु धरापमा परे। 

गुल्सन झा १९ र कप्तान रोहित पौडेल १८ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी २ रनमा क्याच आउट भए। आशिफ शेख १ रनमा रनआउट भए। 

अमेरिकाका लागि नोतुस र जसदीप सिंहले समान २ विकेट लिए। सौरभले एक विकेट झारे। 

टी-२० सिरिजपछि नेपाली टोलीले आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad