इङ्ल्यान्डका कप्तान हेरी केनको ह्याट्रिकमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा स्टटगार्टमाथि सानदार जित दर्ता गरेको छ।
शनिबार राति भएको खेलमा बायर्नले स्टटगार्टमाथि ४–१ को फराकिलो जित निकालेको हो।
बायर्नको जितमा केनले ह्याट्रिक पूरा गरे। एक गोल कोमनको नाममा रह्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भयो।
खेलको ५७ औँ मिनेटमा केनको गोलमा बायर्नले सुरुवाती अग्रता लिएको थियो। उनले खेलको ६० र ८० औँ मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका कोमनले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए।
42
Shares

प्रतिक्रिया