दस खेलाडीमा सिमित आर्सनल एएफसी बर्नमाउथसँग पराजित भएसँगै इङलिस प्रिमियर लिगकाे जारी सिजनमा पहिलो हार व्यहोरेको छ।
सिजनको पहिलो हार भोगेको आर्सनल वर्नमाउथसँग २–० गोलअन्तरले पराजित भएको हो।
पहिलो हारसँगै आसर्नलको उपाधि होडमा केही धक्का लागेको छ। लिगको ८ खेलमा ५ खेलमा जित २ खेलमा बराबरी र एक खेलमा हार भोगेको आर्सनल १७ अंकमा तेस्रो स्थानमा छ। समान खेलबाट समान अंक भएको एष्टोन भिल्ला चौथो स्थानमा छ।
सात खेल कम खेलेको म्यानेचस्टर सिटी १७ अंकमा दोस्रो र समान खेलबाट १८ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ।
आर्सनल खेलको ३० औँ मिनेटमा दश खेलाडीमा समेटिएको थियो। करियरको पहिलो कार्ड पाएका विलियन सलिवा सिधै रातो कार्ड खाँदै मैदान छाडे। फ्रान्सका सलिवाले इभानिल्सनलाई खराब फाउल गरेपछि सिधै रातो कार्ड पाएका थिए।
खेलको ६९ मिनेटसम्म वर्नमाउथलाई रोकेको आर्सनलले ७० औँ मिनेटमा गोल खान पुगेको थियो। रायन क्रिस्टीको गोलमा वर्नमाउनले सुरुवाती अग्रता बनाएको थियो। ७९ औँ मिनेटमा जस्टिन क्लइभर्टको पेनाल्टी गोलमा वर्नमउनले अग्रता दोब्बर पार्याे।
गएराति कै खेलमा एस्टाेन भिल्लाले फुलहामलाई ३–१ गोलअन्तरले हरायो। अर्को खेलमा टोटनहमले वेष्ट हम युनाइटेडमाथि ४–१ को फराकिलो जित दर्ता गर्याे। म्यानेष्टर युनाइटेडले भने ब्रेनफोर्डमाथि २–१ को जित दर्ता गर्याे।
Shares

प्रतिक्रिया