साफ महिला च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।
टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मुख्य फरवार्ड रेखा पौडेललाई बाहिर राख्दै सुरुवाती ११ सार्वजनिक गरेका हुन्।
भुटानविरुद्ध सविता रानामगरले ११ मा स्थान बनाएकी छिन्। नेपालको आक्रमण सवितासँगै रश्मीले सम्हालेछन्। चोटका कारण वाफ च्याम्पियनसिप गुमाएका मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटे दुवै टोलीमा फर्किएका छन्।
भुटानविरुद्ध नेपालको सुरुवाती ११ः
एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान) पुजा राना, अमृता जैसी, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, सरु लिम्बु, रश्मी कुमारी घिसिङ, गिता राना, प्रिती राई, सविता रानामगर र अमिषा कार्की
93
Shares

प्रतिक्रिया