साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध भारतले अग्रता दोब्बर बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा भारतले पाकिस्तानविरुद्ध २–० को अग्रता बनाएको हो।
पहिलो हाफको पाचौँ मिनेटमा रन्जना चानुको क्रसमा दाङमेई ग्रेसको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो।
खेलको १७ औँ मिनेटमा मनिषाको गोलमा भारतले अग्रता दोब्बर पार्यो। मिडफिल्डबाट बल अघि बढाएकी मनिषाको प्रहार पहिलो बारमा लाग्दै गोलमा परिणत भएको थियो।
साफको सर्वाधिक टोली भारत अघिल्लो संस्करण सेमिफाइनलमा नेपालसँग पराजित हुँदै बाहिरिएको थियो। पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको थियो।
489
Shares

प्रतिक्रिया