साफ महिला च्याम्पियनसिपमा भारतले पाकिस्तानविरुद्ध पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिदा भारतले पाकिस्तानविरुद्ध ४–१ को अग्रता बनाएको हो।
पहिलो हाफको पाचौँ मिनेटमा रन्जना चानुको क्रसमा दाङमेई ग्रेसको गोलमा भारतले सुरुवाती अग्रता बनाएको थियो।
खेलको १७ औँ मिनेटमा मनिषाको गोलमा भारतले अग्रता दोब्बर पार्यो। मिडफिल्डबाट बल अघि बढाएकी मनिषाको प्रहार पहिलो बारमा लाग्दै गोलमा परिणत भएको थियो।
खेलको ३५ औँ मिनेटमा मनिषाले बल चलाएपछि बालादेवीको गोलमा भारतले ३–० को फराकिलो अग्रता बनाएको हो। पाकिस्तानकी गोलरक्षक निसा अस्रफले बल धेरै समय होल्ड गरेको भन्दै रेफ्रिले पेनाल्टी एरिया भित्र सिधै इन्डिरेक्ट फ्रिकीकको इसारा गरेकी थिइन्।
खेलको ४३ औँ मिनेटमा पाकिस्तानकी कप्तान मारियाको आत्मघाति गोलमा भारतले अग्रता फराकिलो पार्यो।
रन्जनाको क्रसमा बालादेवीको हेडर पाकिस्तनकी गोलरक्षकले जोगाएपनि अन्जु तामाङको हेडर पुन गोलरक्षकले जोगाइन्। तर ग्रेसको प्रहार पाकिस्तानकी कप्तान मारिया खानलाई लाग्दै गोलमा परिणत भएको थियो।
पहिलो हाफको इन्ज्युरी समयमा पाकिस्तानले पेनाल्टीमा गोल गर्यो। भारतकी कप्तान आशालताले नादिया खानलाई लडाएपछि पाकिस्तानले पेनाल्टी अवसर पाएको थियो।
पेनाल्टीमा पाएको मौकालाई पाकिस्तानकी सुहा हिरानीले खेर जान दिईनन्। र गोलअन्तर कम गरिन्।
Shares

प्रतिक्रिया