नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायकेलाई नियुक्त गरिएको छ।
जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो।
पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्वमुख्य प्रशिक्षकसमेत हुन्। उनले दुईपटक नेपाली राष्ट्रिय टोली सम्हालेका थिए।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदै छ। एनपीएलमा ८ फेन्चाइज टोली सहभागी हुँदै छन्।
168
Shares

प्रतिक्रिया