वुमेन्स साफ च्याम्पियनसिप–२०२४ मा सहभागी हुन माल्दिभ्सको टिम काठमाडौं आइपुगेको छ।
यसअघि पाकिस्तानी टिम नेपाल आइसकेको छ।
माल्दिभ्स प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ। उसको प्रतिद्वन्द्वीमा आयोजक नेपालसँगै भुटान र श्रीलंका रहेका छन्। माल्दिभ्सको पहिलो खेल शुक्रबार श्रीलंकाविरुद्ध रहेको छ।
प्रतियोगिताको बिहीबार हुने उद्घाटन खेलमा भारतले पाकिस्तानको सामना गर्नेछ। समूह ‘ए’ मा बंगलादेश, भारत र पाकिस्तान छन्।
171
Shares

प्रतिक्रिया