समाज


भक्तपुरमा साहित्य तःमुञ्या सुरु

भक्तपुरमा साहित्य तःमुञ्या सुरु

नेपालखबर
असोज २८, २०८१ सोमबार २०:५५, भक्तपुर

जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा रहन्छ भन्ने उद्घोषका साथ आजदेखि भक्तपुरको कमलविनायकमा ४४औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत सम्मेलन) सुरु भएको छ।

भक्तपुरका स्थानीय जेष्ठ नागरिक सांस्कृतिक गुरु एवं किसान अगुवा पुनवीर गैडाले आज उद्घाटन गरेको सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें ‘रोहित’ले नेपाल भाषा तथा साहित्यमा निरन्तर कलम चलाउने विभिन्न व्यक्तित्वलाई सम्मान गरे।

सम्मेलनमा जनकवि दुर्गालाल श्रेष्ठ, सम्पदा संरक्षणमा निरन्तर लागिरहेका भागवत नरसिंह प्रधान, शिक्षासेवी मोहनप्रसाद प्रजापति, समाजसेवी जगतलाल मानन्धर, बौद्धिक व्यक्तित्व रत्नसुन्दर शाक्य, अग्रज किसान कार्यकर्ता ललित अवाल, सफाई मजदुर गणेशराम दुवाल र सांस्कृतिक गुरु रत्नभक्त न्हेम्हाफुकीलाई बिजुक्छेँले दोसल्ला र नगदसहित सम्मानपत्र प्रदान गरी सम्मान गरे।

सम्मेलन आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले तःमुंज्याले समाज, देश र जनताको निम्ति महच्वपूर्ण योगदान गर्ने महानुभावहरूलाई सम्मान गरेको बताए। सबै जनजाति, संस्कृति, भाषा र साहित्यको उत्थान गरी आमूल परिवर्तनका लागि आवाज उठाउँदै आएको तःमुंज्याल यही असोज २८ र २९ गते दुई दिने सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा पुराना तथा नयाँ साहित्यकार तथा साहित्यप्रेमीहरूले कविता, कथा र निबन्ध वाचन गरेका छन्। कार्यक्रमका अवधिमा राजनीतिज्ञ, विभिन्न विषयका ज्ञाता, अनुभवी तथा विशेष अतिथिहरूले अनुभव र ज्ञान साट्नेछन्।

पहिलो दिनको कार्यक्रममा आज पूर्वन्यायाधीश गौरीबहादुर कार्की, इन्जिनियर रामविन्दु श्रेष्ठ, साहित्यकार मोहन दुवाल, हरिहर तिमल्सिना, इन्जिनियर रामविन्दु श्रेष्ठ, नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबन्जार, आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजूले सम्मेलनको महत्वकाबारे चर्चा गरे।

दोस्रो दिन भोलि सम्मेलनको क्रममा दुवै दिन विभिन्न नृत्य, ख्याल (व्यङ्ग्य) र एकाङ्की नाटक प्रस्तुत हुने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad