खेल


इंग्ल्यान्डसँग लज्जास्पद हारपछि पाकिस्तानी टोलीमा व्यापक परिवर्तन, बाबर, शाहिन, नसिम र सरफराज ‘आउट’

इंग्ल्यान्डसँग लज्जास्पद हारपछि पाकिस्तानी टोलीमा व्यापक परिवर्तन, बाबर, शाहिन, नसिम र सरफराज ‘आउट’

नेपालखबर
असोज २७, २०८१ आइतबार २०:२६, काठमाडौँ

इंग्ल्यान्डसँग जारी टेस्ट सिरिजको पहिलो खेलमा लज्जास्पद हार भएपछि पाकिस्तानले टेस्ट टोलीमा धेरै परिवर्तन गरेको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बाबर आजम, शाहिन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई दोस्रो र तेस्रो टेस्टका लागि टोलीबाट हटाएको हो। 

मुल्तानमा भएको पहिलो टेस्ट म्याचमा इंग्ल्यान्डसँग पाकिस्तान एक इनिङ्स र ४७ रनले हारेको हो। 

यस खेलको पहिलो इनिङ्समा ५५६ रन बनाएर पनि पाकिस्तान हारेको हो। 

यो खेलमा बाबर आजमले खास केही गर्न सकेनन्। उनले पहिलो इनिङ्समा ३० रन र दोस्रो इनिङ्समा पाँच रन मात्र बनाउन सके।

दोस्रो र तेस्रो टेस्ट खेलका लागि पाकिस्तानको टोलीमा गरिएका परिवर्तन यस्तो छ-

शान मसुद (कप्तान), साउद शकिल (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हम्जा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेट), नोमान अली, साम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमुद।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad