खेल


महिला टी-२० विश्वकपः पाकिस्तानको हारले भारत सेमिफाइनल पुग्ने सम्भावना बढ्यो

महिला टी-२० विश्वकपः पाकिस्तानको हारले भारत सेमिफाइनल पुग्ने सम्भावना बढ्यो

हारपछि डगआउटमा पाकिस्तानी क्रिकेटर तुबा हसन


नेपालखबर
असोज २६, २०८१ शनिबार ९:१८, काठमाडौँ

महिला टी-२० विश्वकप २०२४ मा शुक्रबार राति भएको खेलमा पाकिस्तानविरुद्ध अस्ट्रेलिया ९ विकेटले विजयी भएको छ।

यो खेलपछि सेमिफाइनल पुग्ने टोलीको सम्भावना पनि प्रस्ट हुने सम्भावना देखिएको छ। 

वास्तवमा पाकिस्तानको हारपछि भारतीय टोलीको सेमिफाइनल पुग्ने सम्भावना केही बढेको छ।

शुक्रबार भएको खेलमा अस्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङ गर्न आएको पाकिस्तानी टोलीका कुनै पनि खेलाडी क्रिजमा बसेर खेल्न सकेनन्।

मध्यक्रमका ब्याट्सम्यान आलिया रियाजले मात्र २६ रनको संघर्षपूर्ण इनिङ खेलिन्। तर उनले आफ्नो टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याउन सकेनन्।

पाकिस्तानी टोली १९.५ ओभरमा ८२ रनको कुल स्कोरमा अलआउट भयो।

जहाँ अस्ट्रेलियाले ११ ओभरमा एक विकेट गुमाएर लक्ष्य सजिलै पूरा गर्‍यो।

कप्तान एलिस हेलीले सर्वाधिक ३७ रन बनाइन्। अस्ट्रेलियाका लागि एस्ले गार्डनरले सर्वाधिक ४ विकेट लिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad