समाज


दसैँले समुदाय र परिवारबीचको एकतालाई सुदृढ गर्छ: देउवा

दसैँले समुदाय र परिवारबीचको एकतालाई सुदृढ गर्छ: देउवा

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०८१ शनिबार ९:२५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन्।

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रूपमा मनाउँदै आएको बताए।

'नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो। हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ। विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । दसैँ हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व पनि हो। यस पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने दिएको छ', सन्देशमा भनिएको छ।

सभापति देउवाले बडादसैँको पुनित अवसरमा कांग्रेस र आफ्नो तर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

यस्तै, दसैँको पूर्वसन्ध्यामा बाढी, पहिरोको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै उनले हजारौँ नागरिक घरवारविहीन हुन पुगेको र मुलुकमा अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएको स्मरण गरेका छन्।

'दसैँमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठिन अवस्था सिर्जना भएको छ', शुभकामना सन्देशमा उल्लेख छ,' हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएको अन्नबाली सखाप भएका छन्। यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु।' रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad