रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायम राखेको छ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १–० गोलअन्तरले हराएको हो।
पहिलो हाफको १९औँ मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै बार्साको जितका लागि निर्णायक बनेको हो।
ला लिगाका सात खेलमा ७ गोल र २ असिस्ट गरेका लेवान्डोस्की सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्।
दोस्रो स्थानमा बार्सिलोनाकै राफिन्हा छन्। उनले लिगका ७ खेलमा २ खेलमा असिस्ट गर्दै ५ गोल गरेका छन्। समान ५ गोल गरेका रियलका केलियन एमबाप्पे राफिन्हाभन्दा पछि छन्।
जितसँगै सात खेलमा अपराजित बार्सा २१ अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट ५ खेलमा जित र २ खेलमा हार बेहोरेको रियल मड्रिड १७ अंकसहित दोस्रो स्थानमा छ।
बार्सा रियलभन्दा ४ अंकले अघि छ। समान खेलबाट ४ खेलमा जित र एकमा बराबरी र दुईमा हार भोगेको एथलेटिको क्लब १३ अंकका साथ तेस्रो स्थानमा छ।
गएराति नै भएको खेलमा जिरोना र रायो भालेकानोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
Shares
प्रतिक्रिया