ad ad

खेल


कर्णालीको पोस्टमा एपीएफको आधा दर्जन गोल

कर्णालीको पोस्टमा एपीएफको आधा दर्जन गोल

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १५:३७, काठमाडौँ

एन्फा महिला लिग अन्तर्गत आइतबारको पहिलो खेलमा एपीएफ फुटबल क्लबले कर्णाली प्रदेशमाथि फराकिलो जित दर्ता गरेको छ। 

काठमार्डौको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आइतबारको पहिलो खेलमा एपीएफले कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरे। 

एपीएफको जितमा रश्मी कुमारी घिसिङले दुई तथा निशा थोकर, गिता राना मगर, हिमा रावत, वर्षा रावतले समान एक गोल गरे। 

पहिलो हाफको चौथो मिनेटमा निशा थोकरमो गोलमा एपीएफले सुरुवाती अग्रता बनाएको थियो। 
रश्मी कुमारी घिसिङले खेलको ११ र २५ औँ मिनेटमा गोल गरिन्। 

पहिलो हाफमा तीन गोल गरेको एपीएफले दोस्रो हाफमा तीन गोल थप्यो। 

खेलको ५३ औँ मिनेटमा गिता रानाले पेनाल्टीमा गोल गर्दै एपीएफलाई ४–० को अवस्थामा ल्याइन्। खेलको ७७ औँ मिनेटमा हिमा रावतले गोल थपिन्। 

खेलको अन्तिम समय अर्थात ९० औँ मिनेटमा वर्षा रावतले आत्मघाति गोल गर्दा एपीएफको अग्रता फराकिलो बन्यो। आजै हुने दोस्रो खेलमा बागमती प्रदेश र चन्द्रपुर नगरपालिका भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .