ad ad

खेल


लामाचौर कपमा महिलातर्फको उपाधि एपीएफलाई, पुरुषतर्फको फाइनल शनिबार

लामाचौर कपमा महिलातर्फको उपाधि एपीएफलाई, पुरुषतर्फको फाइनल शनिबार

नेपालखबर
भदौ २१, २०८१ शुक्रबार २०:२८, काठमाडौँ

पोखरामा जारी लामाचौर कप अन्तर्गत महिलातर्फको उपाधि विभागीय टोली नेपाल एपीएफ क्लबले उचालेको छ।

शुक्रबार सम्पन्न महिलातर्फको फाइनलमा एपीएफले न्यू डायमण्ड भलिबल क्लबलाई

३–१ सेटमा हराउँदै एपीएफले उपाधि हात पारेको हो।

उपाधिसहित एपीएफले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता डायमण्डले १ लाख रुपैयाँ हात पार्यो।

एपीएफले पहिलो र दोस्रो सेट लगातार २५–२३, २५–२३ ले आफ्नो पक्षमा पार्यो। तर तेस्रो सेट भने एपीएफले १३–२५ ले आफ्नो पक्षमा पार्दै खेललाई चौथो सेट सम्म पुर्यो। चौथो सेट भने एपीएफले २५–१० ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो।

एपीएफकी जस्ना महतो उत्कृष्ट सेटर, कविता भट्ट उत्कृष्ट सर्भर, यमुना बराइली उत्कृष्ट डिफेन्डर बने।

डायमण्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र सलिना बुढामगर उत्कृष्ट स्पाइकर घोषित भए।

सर्वोत्कृष्ट खेलाडी एपीएफकी पुजा चौधरी बनिन्।

पुरुषतर्फको एपीएफ र नेपाल पुलिस क्लबबीचको फाइनल खेल भने खराब लाइटका पूरा हुन सकेन।

सो खेल शनिबार बिहान ११ बजे पूनः सुरु हुनेछ। एपीएफ र पूलिस क्लबले समान एक सेट जितेपछि खराब लाइटका कारण रोकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .