खेल


कोरोना प्रभावः खेलकुदका सबै कार्यक्रम स्थगित गर्ने राखेपको निर्णय

कोरोना प्रभावः खेलकुदका सबै कार्यक्रम स्थगित गर्ने राखेपको निर्णय

नेपालखबर
फागुन २२, २०७६ बिहिबार १५:०,

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भिडभाड हुने सबै प्रकारका खेल तथा खेलसँग सम्बन्धित गोष्ठि, सेमिनारलगायतका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बिहीबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण हुने उच्च जोखिमलाई मध्यनजर गर्दै सबै प्रकारका खेल तथा खेलसँग सम्बन्धित कार्यक्रम स्थगित गर्ने निर्णय गरेको राखेपले जनाएको छ।

राखेपले जारी गरेको सूचनामा भनिएको छ, ‘नोभल कोरोनाको संक्रमण हुन सक्ने अति संवेदनशिलतालाई ध्यानमा राखी गोष्ठी, सेमिनार, पाटी, मेला, सपिङ्ग कम्प्लेक्स्, सिनेमा हल, कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरु लगायतका भिडभाड हुने स्थलहरुलाई संक्रमण हुनसक्ने संवेदनशिल स्थलको रुपमा लिईएको हुँदा परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका, कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका कार्यक्रमहरु स्थगित गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad