ad ad

खेल


२१ वर्षपछि बालन डिओरको सूचीमा परेनन् मेस्सी र रोनाल्डो

२१ वर्षपछि बालन डिओरको सूचीमा परेनन् मेस्सी र रोनाल्डो

रोनाल्डो र मेस्सी (एफसी बार्सिलोना नोटिस)


नेपालखबर
भदौ २०, २०८१ बिहिबार १३:२६, काठमाडौँ

इंग्ल्यान्डलाई युरो २०२४ को फाइनलमा पुग्न मद्दत गर्ने ६ जना खेलाडी २०२४ को बालन डिओरका लागि छनौट हुँदा यसअघिका विजेताहरु भने ३० खेलाडीको छनोटमा पर्न सकेनन्।

पहिलो पटक सर्वाधिक विजेता लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सूची बाहिर छन्।

इंग्ल्यान्ड कप्तान ह्यारी केन, मिडफिल्डर जुड बेलिङ्घम, फिल फोडेन र डेक्लान राइस, फरवार्ड बुकायो साका र कोल पाल्मर २०२४ को उत्कृष्ट पुरुष फुटबलरको प्रतिष्ठित पुरस्कारको दौडमा छानिएका छन्।

जुलाईमा मात्र १७ वर्ष पुगेका स्पेन र बार्सिलोनाका विङ्गर लामाइन यामल पनि पहिलो पटक बालन डिओरको प्रतिस्पर्धामा आइपुगेका छन्। 

इंग्ल्यान्ड युरो २०२४ को फाइनलमा पुगेको थियो तर १४ जुलाईमा बर्लिनमा भएको फाइनलमा स्पेनसँग २–१ ले पराजित भएको थियो।

प्रिमियर लिगमा क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन्।

सन् २००३ पछि पहिलो पटक मेस्सी र रोनाल्डो भने बालन डि ओरको सूचीमा हटाउन सकेनन्। 

अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सी, आठ पटकको बालन डी’ओर विजेता हुन्। उनले २०२३ मा पुरस्कार पनि पुरस्कार जितेका थिए। तर यस पटक उनी पनि सूचीमा पर्न सकेनन्।

२००३ पछि पहिलो पटक ३७ वर्षका मेस्सी र ३९ वर्षीय क्रिष्टियानो रोनाल्डो सूचीमा परेका छैनन्। मेस्सीले ८ र रोनाल्डोले ५ पटक यो उपाधि जितेका छन्। 

यसअघिका विजेता करिम बेन्जेमा र लुका मोड्रिक यो वर्षको सूचीबाट बाहिर छन्। यससँगै नयाँ विजेता आउने पक्का भएको छ। 

फिफा पुरुषको विश्व वरीयतामा शीर्ष १०० देशका पत्रकारहरूको निर्णायक मण्डलले यो अवार्डको लागि मतदान गर्छन्। 

अक्टोबर २८ मा पेरिसमा हुने एक समारोहमा विजेताको घोषणा गरिनेछ।

बालन डिओर मनोनयनमा परेका ३० खेलाडी

  • जुड बेलिङ्घम (इंग्ल्यान्ड र रियल म्याड्रिड) 
  • रुबेन डायस (पोर्चुगल र म्यानचेस्टर सिटी)
  • फिल फोडेन (इंग्ल्यान्ड र म्यानचेस्टर सिटी)
  • फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल म्याड्रिड)
  • एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला)
  • एर्लिङ हाल्याण्ड (नर्वे र म्यानचेस्टर सिटी)
  • निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ)
  • ग्रानिट साका (स्विजरल्यान्ड र बायर लेभरकुसेन)
  • अर्टेम डोभविक (युक्रेन र रोमा)
  • टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड)
  • भिनिसियस जुनियर (ब्राजिल र रियल म्याड्रिड)
  • ड्यानी ओल्मो (स्पेन र बार्सिलोना)
  • फ्लोरियन विट्र्ज (जर्मनी र बायर लेभरकुसेन)
  • मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल)
  • मात्स हुम्मेल्स (जर्मनी, फ्री एजेन्ट)
  • रोड्रि (स्पेन र म्यानचेस्टर सिटी)
  • ह्यारी केन (इंग्ल्यान्ड र बायर्न म्युनिख)
  • डेक्लान राइस (इंग्ल्यान्ड र आर्सेनल)
  • भिटिन्हा (पोर्चुगल र पेरिस सेन्ट जर्मेन)
  • कोल पाल्मर (इंग्ल्यान्ड र चेल्सी)
  • ड्यानी कार्भाजल (स्पेन र रियल म्याड्रिड)
  • लामिन यामल (स्पेन र बार्सिलोना)
  • बुकायो साका (इंग्ल्यान्ड र आर्सनल)
  • हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान)
  • विलियम सलिबा (फ्रान्स र आर्सेनल)
  • केलियन एमबाप्पे (फ्रान्स र रियल म्याड्रिड)
  • लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)
  • अडेमोला लुकम्यान (नाइजेरिया र एटलान्टा)
  • एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड)
  • अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)

–बीबीसी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .