भारत र सिंगापुरबीच डिजिटल प्रविधि र सेमीकन्डक्टरसहित चार सम्झौतामा हस्ताक्षर भएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमार्फत भारत र सिंगापुरबीच भएका सम्झौताबारे जानकारी दिएका हुन् ।
भारतीय विदेश मन्त्रालयको विज्ञप्तिअनुसार सेमीकन्डक्टर, डिजिटल प्रविधि, शिक्षा तथा सीप विकास, स्वास्थ्य र औषधि क्षेत्रमा सहयोगका लागि दुई देशबीच सम्झौता भएको हो।
सिंगापुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार सिंगापुरको संसद् भवन पुगेका थिए, जहाँ उनको स्वागत गरियो।
भारतीय प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङसँग भेट गरे र त्यसपछि दुई देशबीच द्विपक्षीय वार्ता र सम्झौतामा हस्ताक्षर भयो।
मोदीले वोङलाई प्रधानमन्त्री बनेकामा बधाई दिँदै भने, ‘सिंगापुर एउटा देश मात्र होइन, यो हरेक विकासशील देशका लागि प्रेरणा पनि हो। हामी पनि भारतमा धेरै सिंगापुर बनाउन चाहन्छौँ र हामी यस दिशामा सँगै काम गरिरहेकामा म खुसी छु।’
A new chapter in 🇮🇳-🇸🇬 ties: Comprehensive Strategic Partnership established.
PM @narendramodi and PM @LawrenceWongST held a productive meeting in Singapore today.
The leaders agreed to elevate the 🇮🇳-🇸🇬 ties to Comprehensive Strategic Partnership. They extensively reviewed… pic.twitter.com/gZpkKdDstw— Randhir Jaiswal (@MEAIndia) September 5, 2024
सेप्टेम्बर ४ मा सिंगापुर पुग्नुअघि भारतीय प्रधानमन्त्री मोदीले ब्रुनाईको भ्रमण गरेका थिए। यो सानो एसियाली देश ब्रुनाईको भ्रमण गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन्।
ब्रुनाई कम्बोडिया, इन्डोनेसिया, मलेसिया र सिंगापुरनजिकैको एउटा सानो देश हो, जसको जनसंख्या ४ लाख ६१ हजार छ।
Shares

प्रतिक्रिया