ad ad

ग्लोबल


भारत र सिंगापुरबीच ४ महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

भारत र सिंगापुरबीच ४ महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १३:४५, काठमाडौँ

भारत र सिंगापुरबीच डिजिटल प्रविधि र सेमीकन्डक्टरसहित चार सम्झौतामा हस्ताक्षर भएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमार्फत भारत र सिंगापुरबीच भएका सम्झौताबारे जानकारी दिएका हुन् ।

भारतीय विदेश मन्त्रालयको विज्ञप्तिअनुसार सेमीकन्डक्टर, डिजिटल प्रविधि, शिक्षा तथा सीप विकास, स्वास्थ्य र औषधि क्षेत्रमा सहयोगका लागि दुई देशबीच सम्झौता भएको हो।

सिंगापुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार सिंगापुरको संसद् भवन पुगेका थिए, जहाँ उनको स्वागत गरियो।

भारतीय प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङसँग भेट गरे र त्यसपछि दुई देशबीच द्विपक्षीय वार्ता र सम्झौतामा हस्ताक्षर भयो। 

मोदीले वोङलाई प्रधानमन्त्री बनेकामा बधाई दिँदै भने, ‘सिंगापुर एउटा देश मात्र होइन, यो हरेक विकासशील देशका लागि प्रेरणा पनि हो। हामी पनि भारतमा धेरै सिंगापुर बनाउन चाहन्छौँ र हामी यस दिशामा सँगै काम गरिरहेकामा म खुसी छु।’

सेप्टेम्बर ४ मा सिंगापुर पुग्नुअघि भारतीय प्रधानमन्त्री मोदीले ब्रुनाईको भ्रमण गरेका थिए। यो सानो एसियाली देश ब्रुनाईको भ्रमण गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन्।

ब्रुनाई कम्बोडिया, इन्डोनेसिया, मलेसिया र सिंगापुरनजिकैको एउटा सानो देश हो, जसको जनसंख्या ४ लाख ६१ हजार छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .